मुम्बइ– भारतीय सरकारले बैंक अफ बडौदा, देना बैंक र बिजया बैंक बिलय गर्न स्वीकृति दिएको छ। सरकारले स्वीकृति दिँदा त्यसको विरोधमा कर्मचारीहरु उत्रिएका छन्।
बैंक कर्मचारीहरुको संगठनको संयुक्त मञ्च युनाइटेड फोरम अफ बैंक युनियन्सको छातामुनि हड्तालको आह्वान गरिसकेको छ।
सरकारबाट स्वीकृति पाएपछि सम्बन्धित बैंकको सञ्चालक समितिले पनि मर्जरका लागि बाटो खोलिदिइसकेका छन्। मर्जरपछि बन्ने यो बैंक देशको तेस्रो ठूलो बैंक हुने छ।
अहिले एक नम्बरमा स्टेट बैंक अफ इण्डिया छ भने दोस्रोमा एचडिएफसी छ। पछिल्लो तथ्यांक अनुसार तीन बैंकको कुल कारोबार १४.८२ लाख करोड भारु छ।
