काठमाडौं, मंसिर २५ – भारतमा बुधबार एक दिनमा थप ३१ हजार ५ सय २२ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९७ लाख ६७ हजार ३ सय ७२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।
जसमध्ये ९२ लाख ५३ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल तीन लाख तीन ७२ हजार २ सय ९३ व्यक्ति अझै सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३२औं दिन हो ।
भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ४ सय १२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४१ हजार ७ सय ७२ पुगेको छ ।
भारतभरि सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ७४ हजार ३ सय १५ अझै पनि सक्रिय संक्रमित रहेका बुधबार जनाइएको छ । महाराष्ट्रपछि केरलामा ६० हजार ६६ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।
दिल्लीमा २० हजार ५ सय ४६ सक्रिय संक्रमित रहेका छन् भने ५ लाख ६९ हजार २ सय १६ व्यक्ति संक्रमणबाट मुक्त भएका छन् । दिल्ली कोरोना भाइरस संक्रमणको कारण ९ हजार ८ सय १३ जनाको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १५ करोड ७ लाख ५९ हजारको नमूना परीक्षण गरेको जनाएको छ । बुधबार एकै दिनमा ९ लाख २२ हजार ९ सय ५९ जनाको नमूना परीक्षण भएको थियो ।
FACEBOOK COMMENTS