काठमाण्डौँ — भारतमा दुई नेपाली ३३ किलो सुनसहित पक्राउ परेका छन् ।
उक्त सुन सनम शाक्य हत्या प्रकरणसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ ।
तस्कर समूहले २०७४ माघ पहिलो साता दुबईबाट भित्र्याएको सुन ओसारपसारका क्रममा हराएको भनिएको थियो ।
भारतीय राजस्व अनुसन्धान अधिकारीले साताअघि कोलकाताबाट नयाँदिल्ली जाँदै गरेको कारको फल्स बटममा लुकाइएको सुनसहित दुई नेपाली पक्रिएका हुन् ।
उनीहरूले बरामद सुनबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमा पत्राचार गरेपछि मात्रै तथ्य बाहिर आएको हो ।
पक्राउ पर्नेमा इटहरी घर भएका हेमकुमार शर्मा र राकेशप्रसाद रहेको भारतीय अधिकारीले जनाएका छन् ।
उनका साथबाट नक्कली लाइसेन्ससमेत बरामद भएको छ ।
महावाणिज्यदूत एकनारायण अर्यालले अवैध सुनसहित दुई नेपाली पक्राउ परेको सूचना गृह मन्त्रालयमा पठाइसकिएको बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS