काठमाडौँ ।भारतमा काेराेना संक्रमण ओरालाे लाग्ने क्रम जारी छ। दैनिक संक्रमित भेटिने क्रम घट्दै गएकाे हाे।पछिल्लाे २४ घण्टामा ५३ हजार २ सय ५६ नयाँ संक्रमित फेला परेका छन्। याे ८८ दिन यताकै सबैभन्दा कम संख्या हाे।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे अवधिमा १४ सय २२ जनाकाे मृत्यु भएकाे छ भने ७८ हजार १ सय ९० जना संक्रमणमुक्त भएका छन्।अहिलेसम्म संक्रमित हुनेकाे कुल संख्या २ कराेड ९९ लाख ३५ हजार २ सय २१ पुगेकाे छ । ती मध्ये २ कराेड ८८ लाख ४४ हजार १ सय ९९ जना निकाे भएका छन्।
मृत्यु हुनेकाे संख्या ३ लाख ८८ हजार १ सय ३५ पुगेकाे सरकारी तथ्यांक छ।अहिले भारतमा ७ लाख भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।भारतले आफ्ना २८ कराेड ३६ हजार भन्दा धेरै नागरिकलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे मात्रा लगाइसकेकाे छ।
FACEBOOK COMMENTS