काठमाडौं, साउन २४ – भारतमा दुई दिनमा १ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा सर्वाधिक ६१ हजार ४५५ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका थिए । योसँगै भारतमा दुई दिनमा मात्रै १ लाख २३ हजार ६३५ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमितको संख्या २० लाख ८६ हजार ८६४ पुगेको छ ।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।
FACEBOOK COMMENTS