काठमाडौं, भदौ ५ – भारतमा गएको २४ घण्टामै ६८ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको छ । भारतमा एकैदिन ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो । हिजो एकै दिन भारतमा नौ सय ८१ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । ५४ हजार नौ सय ७५ जनाको कोरोनावाट मृत्यु भैसकेको छ । संक्रमितमध्ये २१ लाख ५७ हजार निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ६१ हजार ८ सय ५१ नयाँ संक्रमित थपिएका छन् भने ६ हजार एक सय जनाको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS