काठमाडौं, बैशाख १७- भारतमा कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६९ जनाको मृत्यु भएको छ ।
वल्र्डमिटरका अनुसार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३१ हजार ३२४ पुगेको छ। पछिल्लो २४ घन्टामा १८ सय ७३ जना संक्रमित थपिएका थिए।
भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार ७ हजार ६ सय ९५ संक्रमित निको भएर घर फर्किएका छन् ।
भारतमा सबैभन्दा बढी संक्रमित महराष्ट्रमा रहेका छन्। त्यस्तै कोरोना संक्रमणका कारण हुने मृत्यु चीनमा शुन्यमा झरेको छ। चीनमा ६ जनामा संक्रमण देखिएको छ।
FACEBOOK COMMENTS