नयाँ दिल्ली, – नेपाली जनसंपर्क समिती भारतले भारतमा रहेका नेपालीहरु भोकभोकैको अवस्थामा रहेको औल्याएको छ । समितीले एक प्रेस बक्तव्य सार्वजनिक गर्दै उक्त अवस्था बोध गराएको हो । अध्यक्ष बालकृष्ण पाण्डेद्वारा हस्ताक्षरित बक्तब्यमा विश्व भरिका अन्य देशले भारतबाट आफ्ना नागरिक आआफ्नो देशमा लगिसकेको र भारत सरकारले अर्को राज्यमा रहेका र बाटोमा फसेका सबै मजदुर विद्यार्थीहरुलाइ आफ्नो आफ्नो राज्यमा पठाउने निर्णय गरि कार्यन्वयन गर्दै आएको तर यस्तो अवस्थामा नेपाल सरकार भने नेपालीको पीडालाई टुलु टुलु हेरिरहनु र चित्कार नसुन्नु अतिनै दु:खद रहेको जनाउदै यथासिघ्र नेपाल फर्कने वातावरण बनाउन नेपाल सरकारले दूतावासलाई निर्देशन दिन माग गरेको छ ।
समितीले भारतसित सिमा जोडिएको आफ्नै खर्चमा क्वरेन्टिन बस्ने गरि नेपाल जान माग गरिरहेका नेपालका ब्रिद्ध , बिमारी , विद्यार्थी , घुम्न आयेका तृथयात्री बिरोजगारी मजदुर हजारौंको सख्यामा अलपत्र रहेको बताउदै नेपाली जनसम्पर्क समिति भारतले भारतमा रहेका नेपालीहरुको सहयोगको लागि लागि परेको उल्लेख गरेको छ । साथै नेपाल सरकारले प्रवासी नेपालीहरुलाइ केही नगरेको अवस्थमा भारत सरकारको गृह मन्त्रालय र बिदेश मन्त्रालयलाई अनुरोध गरेकामा भारत सरकारको गृह मन्त्रालयबाट बिदेश मन्त्रालयमा सहयोग गर्ने जिम्मा दिई सकेको तथा बिदेश मन्त्रालयले नेपाल दूतावास र नेपाल सरकारको सहमती दिएमा सबै अलपत्र नेपाली नेपाल फिर्ता जान अनुमती दिन तयार रहेको बताएको छ ।
समितीले भनेको छ ‘हामी दूतावास मर्फत सम्पर्क गर्दा नेपाल सरकारले अनुमति नदिएको पाइएकोले नेपाल सरकारलाई पटक पटक अनुरोध गर्दा पनि अनुमती दिएको छैन । आफ्नो लाखौं नागरिक भोकै बिदेशी भुमिमा मर्ने अबस्थामा पनि जनताको पर्वाह नगरी सत्ता परिवर्तन र कुर्चिको मोहमा लागेको सरकारसँग पुन अनुरोध छ। भोकले मर्नै लाग्ने अबस्थामा पुगेका नेपाली हरुलाइ अन्य केही गर्ने नसकेपनी आफ्नो घर मातृभुमी नेपाली जान अनुमति दिन पुन अनुरोध गर्दछौं ।’ वक्तब्यमा भनिएको छ ।
FACEBOOK COMMENTS