काठमाडौँ । भारतमा थप ३८ हजार ७९२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ४१ हजार संक्रमण मुक्त भएका छन्।हालसम्म भारतमा ३ करोड ९ लाख ४६ हजार ७४ जनामा संक्रमण पुष्टि भइसकेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार बिहानसम्म भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख २९ लाख ९४६ पुगेको छ।
मन्त्रालयका अनुसार संक्रमणका कारण थप ६२४ जनाको मृत्यु भएको छ। भारतमा संक्रमणका कारण मृत्युको संख्या ४ लाख ११ हजार ४०८ पुगेको छ।
FACEBOOK COMMENTS