काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा ६२ हजार ४ सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
यस अवधिमा १ हजार ५ सय ८७ जनाको मृत्यु भएको छ।
यसबिच ८८ हजार ९ सय ७७ जना संक्रमणमुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै भारतमा संक्रमित हुनेको संख्या २ करोड ९७ लाख ६२ हजार ७ सय ९३ रहेको छ। मृत्यु हुनेको संख्या ३ लाख ८३ हजार ४ सय ९० रहेको छ।
अहिले भारतमा एक्टिभ केस ७ लाख ९८ हजार ६ सय ५६ रहेको छ।
भारतमा अहिलेसम्म २६ करोड ८९ लाख ६० हजार ३ सय ९९ जनालाई कोभिड १९ विरुद्धको खोप लगाइसकिएको छ।
FACEBOOK COMMENTS