काठमाडौं । माल्दिभ्समा भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपको भारतले जितेको छ ।
मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि कब्जा गरेको हो ।
भारतको यो आठौं साफ च्याम्पियनसिपको उपाधि हो । १३ संस्करणको प्रतियोगितामा भारत सबैभन्दा बलियो टोली हो ।
दोस्रो हाफको सुरुआतमा दुई गोल खाएर सम्हालिन नसकेको नेपालले खेल सकिनै लाग्दा तेस्रो गोल खाएको हो ।
भारतका सुनिल क्षेत्रीले खेलको ४८ औं मिन्टमा गोल गरेका हुन् । दोस्रो गोल भने ४९ औं मिनेटमा सुरेश सिंहले गरे । भने नेपालले खेल सकिनै लाग्दा तेस्रो गोल खाएको हो ।
यसअघि खेलकै सुरुआतदेखि नै भारतले आक्रामक खेल खेलको थियो । भारतले रणनीति अनुसार खेल्न सक्दा खेलमा विजय बन्न पुग्यो ।
साफ च्याम्पियनसिपमा यो नेपालको पहिलो फाइनल हो । प्रतियोगिताको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनल खेल्ने अवसर पाएपनि हार बेहोर्नु परेको छ ।
FACEBOOK COMMENTS