काठमाडौं, असोज २६ – विश्वभर कोरोना भाइरसविरुद्वको भ्याक्सिनको व्यग्र प्रतिक्षा रहेको छ । कोरोना भाइरसले मानिसहरुमा शारीरिक र मानसिक तनाव थपिदिएको छ । संक्रमणले तीव्र रुप लिइरहेको बेला कोरोना भाइरसविरुद्वको भ्याक्सिन निर्माण गर्ने दौडमा करिब एक सय ७० भ्याक्सिन अग्रसर देखिएको छ । तर, भारतले निर्माण गरेको ‘कोभ्याक्सिन’ केही समय भित्रै बजारमा आउने भएको देखिन्छ ।
सामान्यतया कुनै पनि भ्याक्सिन विकासमा अत्याधिक समय लाग्ने गर्दछ । तर, कोरोना भाइरसको महामारीलाई छिटो परास्त गर्न औषधी कम्पनी र वैज्ञाकिहरु निरन्तर लागि परेका छन् । भारतका कम्पनि पनि भ्याक्सिनको विकासमा सक्रिय छन् । अगामी चार देखि पाँच महिना भित्र कोरोनाको भ्याक्सिन बचारमा आउने प्रतिबद्वता भारत वायोटेकले लिएको छ ।
कोरोना भाइरसविरुद्व लड्न कोभ्याक्सिनलाई प्रभावकारी मानिएको छ । भारत बायोटेक र इन्डियन कायन्सिल अफ मेडिकल रिसर्चको संयुक्त साझेदारीमा भ्याक्सिन विकास भइरहेको छ । उक्त भ्याक्सिनले दोस्रो चरणको परिक्षण सम्पन्न गरिसकेको छ । कम्पनीले ड्रग रेगुलेटरसित तेस्रो परिक्षणको मान्यता कु्रिरहेको जनाइएको छ । दोस्रो चरणको परिक्षण सुरक्षीत र प्रभावकारी देखिएपछि तेस्रो चरणमा परिक्षण लैजाने तयारी भइरहेको जनाइएको छ । जनावरमा गरिएको परिक्षण साकारात्मक देखिएको छ । कोभ्याक्सिनले मानिसको प्रतिरक्षा प्रणाmीलाई थप बल पुर्याउने गर्दछ ।
भ्याक्सिनलाई भारतको १२ वटा अस्पतालमा रहेका १८ देखि ५५ वर्षीय स्वयं सेवकहरुमा परिक्षण गरिएको थियो ।
FACEBOOK COMMENTS