काठमाडौं, कात्तिक ५ – लद्दाखमा पक्राउ परेका चिनियाँ सैनिकलाई भारतले फिर्ता गरिदिएको छ। चिनियाँ जनमुक्ति सेनाले बुधबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका अमल्दार वाङ या लोङ भारतले फिर्ता गरेको जानकारी दिएको छ। दुई देशबीचका सैनिकहरूबीच कुराकानी भएपछि उनलाई फिर्ता गरिएको हो।
सोमबार बिहान लद्दाखको दिमचोक क्षेत्रबाट उनलाई भारतीय सेनाले नियन्त्रणमा लिएको थियो। उनी हराएको याक खोज्न सहयोग गर्ने क्रममा भारतीय भूमिमा पुगेको पिएलएले जनाएको छ।भारतीय सेनालेचिनियाँ सैनिक लोङलाई आवश्यकता अनुसार अक्सिजन, खाना र न्यानो कपडा दिएर राखेको बताएको थियो।
गत जुन १५ गते लद्दाखको गल्वान भ्यालीमा भारत र चीनका सैनिकहरूबीच झडप भएको थियो। त्यस झडपमा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाले ज्यान समेत गुमाएका थिए। त्यसपछि बढेको तनावलाई नियन्त्रणमा लिन दुई देशबीच पटक/पटक वार्ता हुँदै आएको छ।
FACEBOOK COMMENTS