हैदरावाद । दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनी हैदराबादको अस्पतालमा भर्ना भएकी छन् ।
अभिनेत्री भाटियाकी साथीले खबरको पुष्टि गर्दै भनिन्,“हो उनी संक्रमित भएकी छिन् । अहिले उनी ठिक छन् । केही समयअघि उनको आमाबुबालाई संक्रमण देखिँदा उनको रिर्पोट नेगेटिभ आएको थियो । अहिले फेरि जाँचका क्रममा उनको पोजेटिभ आएको हो ।”
आफ्नो पहिलो वेब सिरीजको छायांकनको क्रममा हैदरावादमा रहेकी उनले कोरोनाको लक्षण देखिने वित्तिकै परीक्षण गराएकी हुन् । उनी आमाबुबाको सुरक्षाका लागि अस्पताल भर्ना भएको बताइएको छ ।
FACEBOOK COMMENTS