काठमाडौं, भदौ २ – कोरोना भाइरसको संक्रमण निको भएपछि पनि थकान र जीउ दुख्नेलगायत समस्या देखिएपछि भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना भएका छन् । बीबीसी हिन्दिका अनुसार गृहमन्त्री शाह आज बिहान नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स ९एआईआईएमएस० अस्पतालमा भर्ना भएका हुन् ।
५५ वर्षिया शाह यसअघि कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएपछि अगष्ट १८ मा डिस्चार्ज भएका थिए । त्यसपछि उनी आफ्नै घरमा आइसोलेसनमा बसेका थिए । १५ अगष्टका दिन उनले आफ्नो निवासमा नै राष्ट्रिय झण्डा समेत फहराएका थिए ।
FACEBOOK COMMENTS