काठमाण्डौं– सरकारले नेपालमा २ सय, ५ सय र २ हजार दरका भारतीय नोट खुला गर्न भारत सरकारसँग आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैंकले भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)लाई शुक्रबार पत्राचार गर्दै ठूला दरका भारु नोट खुला गरिदिन आग्रह गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २३ कात्तिक ०७३ मा सम्बोधन गर्दै ५ सय र १ हजार दरका नोट प्रतिबन्ध गरेका थिए ।
त्यसको भोलिपल्ट २४ कात्तिक ०७३ देखि नेपालमा पनि भारु ५ सय र १ हजार दरका नोट प्रतिबन्ध भयो ।
त्यसयता नेपालमा भारु १ सय र त्यसभन्दा कम दरका नोट मात्रै चलनचल्तीमा रहेका छन् ।
नेपाल सरकारको निर्देशनअनुसार आरबिआईलाई पत्राचार गर्दै नेपालमा २ सय, ५ सय र २ हजार दरका भारु खुलाउन आग्रह गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए ।
– नयाँ पत्रिका
FACEBOOK COMMENTS