काठमाडौं, मङ्सिर ११ – भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगलाले नेपालका लागि कोभिड–१९ सम्बन्धी स्वास्थ्य सहयोग हस्तान्तरण गरेका छन्। उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आज बिहीबार मन्त्रालयमा भेटी सो सहयोग हस्तान्तरण गरेका हुन्।
उनले नेपालमा रहेका कोरोना संक्रमितको उपचारका लागि भनी दुई हजार भायल (सिसि) रेम्डिसिभिर औषधि सहायता हस्तान्तरण गरेका हुन्। त्यसका लागि मन्त्री ज्ञवालीले भारत सरकारलाई धन्यवाद दिएका छन्।
विदेशसचिव श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज बिहीबार काठमाडाैं आइपुगेका हुन्।
FACEBOOK COMMENTS