काठमाडौं, मंसिर ८ – भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले आगामी ११ र १२ मंसिरमा नेपाल भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै श्रींगलाको नेपाल भ्रमणबारे जानकारी दिएको हो।
यसअघि नै श्रींगलाको नेपाल भ्रमणबारे भारतीय सञ्चारमाध्यमहरूमा चर्चा भएपनि नेपालको परराष्ट्र मन्त्रालयलाई भने कुनै जानकारी थिएन। भारतीय सञ्चालर माध्यममा उक्त खबर सार्वजनिक भएपछि नेपालस्थित परराष्ट्र मन्त्रालयले यस विषयमा बुझ्दा कुनै सन्देश समेत नआएको बताएको थियो।
सोमबार भारतीय विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले एकै समयमा श्रींगलाको नेपाल भ्रमणको मिति सार्वजनिक गर्दै विज्ञप्ति जारी गरेका छन्।
श्रींगलाको भ्रमणलाई परराष्ट्रले नेपाल र भारतबीच उच्च स्तरीय भ्रमणको आदानप्रदानको निरन्तरता भएको जनाएको छ।
परराष्ट्र मन्त्रालयको विज्ञप्ति
FACEBOOK COMMENTS