काठमाडौं । उपचारका लागि दिल्ली जान लागेका नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेका छन् ।बुधवार विज्ञप्ती जारी गर्दै नेता खनालले ‘विथोलिएको राजनितीक अवस्थाले आफुलाई चिन्तित बनाएको भन्दै एमाले सयौं शहिदहरुको बलिदान र हजारौं योद्धाहरुको रगत पसिनाले निर्माण भएको भन्दै एकता जोगाउन आग्रह गरेका छन् । ‘जनताको चाहना र अपेक्षा विपरित हामीमा देखिएको अनेकांै गलत प्रवृत्ति, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी जीवनमा यतिखेर गम्भिर संकट देखा परेको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।
FACEBOOK COMMENTS