काठमाडौं, चैत १० – सरकारले सोमबार (आज) देखि एक साताका लागि चीन र भारतसँगको सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एक साताका लागि नाकामा आवागमन पूर्णरूपले बन्द गर्ने निर्णय गरेको हो।
भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन ।
बैठकमा कोरोना भाइरस संक्रमण रोकथामका लागि स्वास्थ्यकर्मीले उपयोग गर्ने सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर लगायत सामग्री किन्न केन्द्रीय कोष खडा गर्ने समते निर्णय गरेको छ। कोषका लागि सबै मन्त्रीले आ-आफ्नो एक महिनाको तलब दिनेछन्।
छिमेकी मुलुकहरू भारत र चीनमा कोरोनाका संक्रमण फैलिसके पनि नेपालमा भने हालसम्म संक्रमित फेला परेका छैनन् । आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ।
FACEBOOK COMMENTS