काठमाण्डौँ —बिमस्टेक सम्मेलन सकिएपछि भारत र नेपालबीच दुईपक्षीय वार्ता र सम्झौता हुने भएको छ ।
पछिल्लो पटक बिमस्टेक सम्मेलनको अवसरमा आउँदो बिहीबार मोदी काठमाडौं उत्रँदै छन् ।
दुईपक्षीय वार्तामा रक्सौल काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन र बल्क कार्गोसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।
यी दुवै एजेञ्डामा प्रधानमन्त्री केपी ओलीको गएको चैतमा भएको भारत भ्रमणमा समझदारी जुटेपछि एमओयूमा हस्ताक्षरका लागि बिमस्टेक सम्मेलनको अवसर पारिएको हो ।
यस्तै पशुपतिमा भारतीय सहयोगमा निर्मित भर्मशालाको मोदीले उद्घाटन गर्नेछन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS