काठमाडौं, साउन २९ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवनस्थित भिएस निकेतन स्कूलमा एटिएम सेवा शुभारम्भ गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा भि एस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरे । यसले गर्दा स्कूलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यस बैंकले आर्थिक वर्ष २०७५।७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरि े दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
सिटिजन्स बैंकले देशैभरी ८१ वटा शाखा, ७८ वटा एटिएम र १०० वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ
FACEBOOK COMMENTS