काठमाण्डौँ — महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग जोड्ने भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकको निर्माण निर्धारित समयमा सम्पन्न नहुने भएको छ ।
सडक निर्माणमा लगातार आइपरेका अवरोधले निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने जनकपुरस्थित हुलाकी सडक कार्यालयले जनाएको हो ।
नेपाल सरकार र निर्माण कम्पनीबीच २०७३ साल भदौ २३ भएको सम्झौतामा १८दशमलव ५६ किमी लम्बाइको यो सडक निर्माण थालिएको तीन वर्ष भित्रै सम्पन्न गरिसक्नु पर्ने थियो ।
तर दुई वर्ष नाघिसक्दासम्म ४५ प्रतिशत मात्र काम भएकाले निर्धारित समयमा काम सकिने सम्भावना नरहेको उक्त कार्यालयका प्रमुख सन्तोष कर्णले बताए ।
चार लेनको उक्त सडक निर्माणमा प्रतिभा वाई।पी।जे।भी र आशिष पप्पु रोशन जेभी संलग्न छन् ।
सडक निर्माण कार्यलाई निरन्तरता दिन जिल्ला प्रशासन कार्यालयले बालुवा, ढुङ्गा आपूर्तिमा सहजता ल्याउन परिपत्र गरे पनि स्थानीय तहसँग समन्वय हुन नसक्दा अहिले काम ठप्पजस्तै बनेको छ ।
— कारोबार
FACEBOOK COMMENTS