२०१७ सालमा नेपालमा व्यवसाय शुरु गरेको भिभो स्मार्ट मोबाइल लोकप्रिय बन्दै गएको छ ।
बजारमा चाइनीज मोबाइल कम्पनिहरुको होडबाजी चलीरहेको बेलामा भिभो मोबाइल कम्पनि पनि आफ्ना प्रोडक्टहरु नेपाली बजारमा ल्याउन ब्यस्त रहेको देखिन्छ ।
भिभोले पुन नेपाली बजारमा अर्को मिड रेञ्ज फोन कुनै पनिबेला ल्याउन सक्ने सम्भावना देखिएकोछ । त्यस्तै मोबाइल कम्पनिहरुले मोबाइलको मुल्यपनि कटौती गर्न थालेको छ ।
भिभोले नेपालमा भि सेभेन, भि नाईन, वाई एट वान, वाई एट फाईव, लगाएत मोडलको मोबाईल नेपाली बजारमा छ ।
भिभोले काठमाण्डाै, भक्तपुर,ललितपुर, नारायणगढ, जनकपुर, विरगज, हेटौडा त्यस्तै पूर्वमा विर्तामोड, इटहरी, धरान, विराटनगर, दमक पश्चिममा धनगढि, सुर्खेत, नेपालगञ्ज, पोखरा, बुटवल दाङ लगाएतका शहरमा आफ्नो वितरण केन्द्र राखेको छ ।
भिभो मोबाईल काठमाण्डौमा सबैभन्दा बिक्री हुनेमा तेस्रो नम्बरमा पर्छ भने नेपाल भरीमा चौथो नम्बरमा पर्छ ।
भिभोको अनुसार २०१९ को लागि नयाँ मोडल वाई नाईन वान, वाई नाईन वान आई, वाई नाईन फाईब रहेको जनाएको छ । २०१९मा भिभोले डिजिटल मार्केटलाई विस्तार गर्ने तथा पुर्व र पश्चिमका शहरमा आफ्नो बजार विस्तार गर्ने योजना बनाएको छ ।
FACEBOOK COMMENTS