काठमाडौ, कात्तिक १३ – भियतनाममा मोलेभ तूफान र त्यसपछि आएको बाढी र पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । भियतनाममा आएको मोलेभ तूफानपछिको अविरल वर्षापछि क्वाङ नामको ग्रामीण क्षेत्रमा आएको पहिरोको कारण १३ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार तूफानको समुद्रमा १२ जना माझीको मृत्यु भएको छ ।
भियतनामका उपप्रधानमन्त्री ट्रिन डिङ डुङले खराब मौसमको कारण उद्धार कार्यमा समस्या भइरहेको बताए । उनका अनुसार भियतनामले उद्धारको लागि सयौंको संख्यामा प्रहरी खटाएको छ । स्थानीय टेलिभिजनले बिहीबार उल्लेख गरे अनुसार तुफानको कारण समुद्रमा हराएका १२ जना माझीको शव फेला परेको छ ।
FACEBOOK COMMENTS