काठमाडौं, चैत २३ – भीम अस्पताललाई सुविधासम्पन्न भवन हस्तान्तरण गरिएको छ । लीलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानले निर्माण गरेको सुविधासम्पन्न आकस्मिक भवन हस्तान्तरण गरिएको हो । भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले व्यवसायीलाई यस्तै दिगो प्रकृतिको सामाजिक कार्यमा लगानी गर्न आग्रह गरे ।
कोभिड-१९ ले राज्यका स्वास्थ्य संस्थाहरूको अवस्था छताछुल्ल बनाएको उनले स्वीकारे । अबको दिनमा स्वास्थ्य सेवाको सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले प्रदेशका सबै जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालको रूपमा विस्तार गर्ने जानकारी दिए ।
५० शय्याको अस्पताल निर्माणका लागि पहिलो सर्त भौतिक पूर्वाधारै रहेको हुँदा यसैमा प्रदेश सरकारले जोड दिएको उनको भनाइ छ । मुख्यमन्त्री पोखरेलले भीम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एकराज विश्वकर्मालाई उक्त भवन हस्तान्तरण गरेका हुन् ।
FACEBOOK COMMENTS