काठमाण्डौँ — २०७३ सालमा खेती गरेको उखुको २०७५ बित्न लाग्दासमेत सरकारी अनुदानबापतकै भुक्तानी नपाएपछि किसान आक्रोशित भएका छन्।
गत फागुन ७ गते पूर्व–पश्चिम राजमार्ग चक्काजाम गर्दै गरेको अवस्थामा सात दिनभित्र अनुदान भुक्तानी गरिसक्ने सरकारी पक्षसँग सहमति भए पनि दुई साता बित्दासमेत पैसा उपलब्ध नगराएको भन्दै किसान नेताले तीनदिने अल्टिमेटम दिएका छन्।
उखु किसान सम्बद्ध विभिन्न संगठनका नेताहरुले तीन दिनभित्र भुक्तानी उपलब्ध नगराए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन्।
सरकारले समेत लामो समयदेखि अनुदान रकम उपलब्ध नगराउँदा किसान भोकभोकै मर्ने अवस्था आएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले गुनासो गरे।
— नागरीक
FACEBOOK COMMENTS