काठमाण्डौ – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि डेब्यू सिनेमा ुड्रिम्सुको सुटिङका समयमा दुर्व्यवहार भएको आरोप खेपिरहेका अभिनेता भुवन केसीमाथि क्यानडा बस्दै आएकी एक महिलाले आफूले पनि अभिनेता केसीबाट अप्ठ्यारो अनुभव गरेको बताएकी छन्।
उनले फेसबुक लाइभमा आएर भुवनको बोल्ने शैलीबाट असहज महशुस भएको बताएकी छन्। रेग्मीले सार्वजनिक गरेको च्याटको स्क्रिन भिडिओमा उनले आफूलाई आपत्तिजनक लागेका भुवनका भनाइहरूमा रातो घेरा लगाएकी छन्।
यसैगरी लाइभ भिडिओमा उनले साम्राज्ञीसँग प्रत्यक्ष चिनजान नभए पनि उनको दुर्व्यवहारसम्बन्धी भिडिओ हेरेपछि आफूले पनि यसका बारेमा बोल्नु पर्ने लागेर बोलेको बताएकी छन्।
भिडिओमा उनले आफूमाथि भएको दुर्व्यवहारबारे जसलाई परेको हो उसले आफूलाई सहज लागेको बेला भन्ने अधिकार रहेको र त्यसमाथि कसैले पहिला किन नभनेकोरुु भनेर प्रश्न गर्नु उचित नहुने बताएकी छन्। उनले भिडिओमा आफू एउटा पीडित भएरभन्दा पनि यस्ता घटनामा साथ दिनका लागि आएको बताएकी छन्।
यसैगरी उनले आफूले क्यानडामा काम गर्दा आफूभन्दा उच्च तहका पुरूष कर्मचारीले निरन्तर आफ्नो पहिरन र शरीरलाई लिएर गरेको अशोभनीय र असहज टिप्पणीबारे काम गर्न छोडेको पाँच वर्षपछि मुद्दा दायर गरेको र सो मुद्दा जितेको उल्लेख गर्दै यस्ता घटनामा चुप नबस्न आग्रह गरेकी छन्।
FACEBOOK COMMENTS