काठमाडौं – भू–उपयोग ऐन मन्त्रिपरिषदबाट पारित भएको छ ।
सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐन पारित गरेको हो ।
ऐन भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले गत साता मन्त्रिपरिषदमा पेस गरको थियो ।
ऐनले जग्गालाई विभाजन गरी कसरी उपयोग गर्ने भन्ने विषय उल्लेख गरिएको मन्त्रालय स्रोतले बताएको छ ।
जग्गाको कित्ताकाट सम्बन्धी कार्यविधिमा स्थानीय तहलाई अधिकार दिने मन्त्रालयले तयारी गरेको छ । कुन जग्गालाई कित्ताकाट गर्न दिने र कुनलाई नदिने भन्ने विषयमा निर्णय अधिकार स्थानीय तहलाई प्रदान गर्न लागिएको हो ।
तर मन्त्रालयले निर्णय भने गरिसकेको छैन । निर्णय पश्चात जिल्ला मातहतका कार्यलयहरुलाई निर्देशन मन्त्रालयले दिनेछ ।
जग्गाको कित्ताकाट गर्नुअघि स्थानीय तहले कुन आवास क्षेत्र, कुन औद्योगिक क्षेत्र, कुन वन क्षेत्र तथा कुन कृषियोग्य जग्गा हो भनेर छुट्याउनेछ ।
FACEBOOK COMMENTS