काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा १६ औं हस्तकला व्यापार मेला सुरु भएको छ ।
५ दिनसम्म चल्ने मेलामा राष्ट्रिय अन्तराष्ट्रिय गरेर करिव १ सय ७० वटा स्टल रहका छन् ।
मेलाको उद्घाटन गर्दैअर्थमन्त्री डा. युवराज खतिवडाले हस्तकला व्यवसाय बिकासको लागि अहिलेको सरकार आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए । उनले व्यवसाय प्रबद्धनको लागि प्रर्दशनी स्थल निर्माण गर्ने जानकारी गराए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालको अर्थतन्त्रलाई गतिशिल बनाई राख्न हस्तकला क्षेत्रले उल्लेख्य भुमिका रहेको बताईन ।
मेलामा चीन, भारत,श्रीलंका,पाकिस्तान, बंगलादेश र भुटानसहितका अन्तराष्ट्रिय व्यापारीहरुको पनि सहभागिता रहेको आयोजकले जनाएको छ ।
FACEBOOK COMMENTS