काठमाण्डौँ —राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ।
दुई वर्षमा १२ किलोमिटर सुरुङ खन्ने लक्ष्य लिएको आयोजनाले टनेल वोर मेसिन (टीबीएम) मेसिनको प्रयोग गरेपछि लक्ष्यअघि नै सुरुङ बन्ने भएको हो।
चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपसँग भएको सम्झौताअनुसार सन् २०२० मार्चसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य छ।
मेसिनको प्रयोगबाट १५ महिनामा १०.८ किलोमिटरभन्दा बढी सुरुङ बनाउने कार्य सम्पन्न भइसकेको भेरीबबई डाइभर्सन आयोजनाका निर्देशक सञ्जीव बरालले बताए।
बबईको मुखबाट पसेको मेसिनले सुरुङ खनेर भेरीको मुहानमा निस्किने तयारीमा छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS