काठमाण्डौँ — भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ (टनेल) निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
कात्तिक मसान्तसम्म ९ हजार १ सय मिटर खनिसकिएको र आगामी चैतमा ‘ब्रेक–थु्र’ (निर्माण सम्पन्न) हुने आयोजनाले जनाएके छ ।
१२ हजार मिटर लामो सुरुङको अब एक चौथाइ खण्डमात्र बाँकी रहेको आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर कृष्ण उपाध्यायले बताए
भेरी–बबई डाइभर्सनमा मेसिनद्वारा सुरुङ खन्ने प्रविधि टीबीएम (टनेल बोरिङ मेसिन) बाट काम भइरहेको छ ।
२०७३ कात्तिकमा पावरहाउस निर्माणस्थल हात्तीखालबाट प्रवेश गरेको मेसिन निर्धारित समयभन्दा करिब एक वर्षअघि मैनतडाको चिप्लेमा निस्किनेछ ।
FACEBOOK COMMENTS