रुपन्देही -भैरहवाको बिषेश आर्थिक क्षेत्रका (सेज) लागि पहिलो उद्योग शक्ति मिनरल्स प्रालिले डोलामाईट फ्लक्स उद्योगको शिलान्यास गरिएको छ ।
स्वदेशी कच्चा पादर्थको प्रयोगबाट अर्को उद्योगलाई उत्पादन आपूर्ति गर्ने यो उद्योगले अहिले भारतमा उत्पादन निर्यात गरिरहेको सञ्चालकले बताएका छन् । डोलामाईट फ्लक्स उद्योग ४० करोडको लगानीमा स्थापना गर्न लागिएको हो। उद्योगले सेजमा ८ वटा प्लान्टमा १७ हजार वर्ग मिटर क्षेत्रफल ओगटेको छ।
उद्योग निमार्णको काम आगामी चार महिनामा सकिने छ। उद्योगमा २ सयभन्दा बढीले रोजगार पाउने छन्। सुरुमा ऐनका कारण उद्योग स्थापना हुन नसकेको र पछिल्लो समय बिद्युतको समस्या रहेको थियो। अहिले बिद्युत प्राधिकरणले सेजमा बिद्युत आपुर्तिमा समस्या नहुने भनेपछि उद्योगीहरु उद्योग स्थापना गर्न सहमत भएका हुन्।
यो उद्योगसँगै अन्यले पनि प्लान्ट लगाउने तयारी थालेका छन्। ५३ विगाह क्षेत्रफलमा फैलिएको सेजमा २६ उद्योगले प्लान्ट स्थापना गर्न अनुमति पाएका छन्
FACEBOOK COMMENTS