काठमाण्डौँ — नेपालले भारतसँग माग गरिरहेको नेपालगन्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरमा थप्ने हवाई रुटमा सहमति नजुटे पनि भैरहवामा हवाई रुट थप्न सहमति भएको छ।
रुट थप्न सहमति नदिँदा २०७६ जेठबाट सञ्चालनमा आउने निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन लक्षित मितिमा हुनेमा अन्योल थियो।
‘गौतमबुद्ध विमानस्थलको लागि हवाई रुटमा समस्या सुल्झिएको संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रवीन्द्र अधिकारीले बताए ।
उक्त विमानस्थललाई आवश्यक हवाई रुटमा सौद्धान्तिक सहमति गरेर रुट डिजाइनको काम समेत अघि बढाइसकेको बताए ।
उनका अनुसार गौतमबुद्ध विमानस्थलमा भारतको आकाश हुँदै विमान प्रवेश गर्न आवश्यक नयाँ रुट हालैको दुईपक्षीय वार्ताबाट टुंग्याइएको हो।
तर, रुटको दुईपक्षीय लिखित सम्झौता भने भएको छैन।
सौद्धान्तिक सहमति भएपछि सम्झौता ठूलो विषय नभएको र डिजाइनसँगै सम्झौताको प्रक्रिया अगाडि बढिरहेको अधिकारीले स्पष्ट पारे।
— नागरीक
FACEBOOK COMMENTS