काठमाडौं, कात्तिक १९ – भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा नै पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आवश्यक सुविधा सम्पन्न पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।
जिल्लाका नौवटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीयवासी हर्षित भएका छन् । ‘हाम्रो स्थानीय सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि छुट्टै अस्पताल निर्माण गरेकोमा हामी धेरै नै हर्षित छौँ,’ स्थानीयबासी विष्णु भट्टराईले भने, ‘अब हामीलाई स्वास्थ्य सेवा लिनका लागि धेरै सहज भएको छ ।”
FACEBOOK COMMENTS