काठमाडौं, वैशाख ९ – भोलि वैशाख १० गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पशुपतिनाथको दर्शन गर्न नपाइने भएको छ । विश्वभर फैलिएको कोभिड–१९ को नयाँ भेरियन्टलाई दृष्टिगत गर्दै भोलिदेखि पशुपतिनाथको दर्शन गर्न सर्वसाधारणलाई रोक लगायएको हो ।
आज बिहीबार पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै भोलि (वैशाख १० गते शुक्रबार)देखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाएको जनाएको हो ।
गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण ९ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।
FACEBOOK COMMENTS