काठमाडौं– मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुने करदाताको संख्या २ लाख नाघेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ११ हजार ६१५ जना करदाता अन्तशुल्कमा र २० हजार ७४ जना करदाता भ्याटमा दर्ता भएको अर्थ मन्त्रालयले जनाएको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ लाख २ हजार ९६५ करदाता भ्याटमा दर्ता भएका छन् ।
हालसम्म व्यवसायिक स्थायी लेखा नम्बर करदाताको संख्या ११ लाख ४ हजार ४९८ र व्यक्तिगत लेखा नम्बर लिने करदाताको संख्या ८ लाख १२ हजार पुगेको जनाएको छ ।
FACEBOOK COMMENTS