काठमाडौं – भ्यालेन्टाइन डे मा डेढ करोड रुपैयाँको गुलाफको आयात हुने भएको छ ।
हरेक वर्षको १४ फेब्रुअरीमा प्रेमी प्रेमिकाले एक अर्कामा गुलाफको फूल साटासाट गर्ने चलन रहेको छ ।
नेपाल फ्लोरिकल्चर एसोसिएसन अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार यो वर्षको प्रणय दिवसमा गुलाफ फूलका लागि १ करोड ५० लाख रुपैयाँ मूल्यबराबरको १ लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात हुनेछ ।
श्रेष्ठका अनुसार मुलुकभरमा २ लाख स्टिम गुलाफ फूल खपत हुन्छ । यसमध्येमा १ लाख ६० हजार भारतबाट आयात हुन्छ भने ४० हजार स्टिम फूल नेपालको उत्पादन छ ।
श्रेष्ठका अनुसार देशभर २ लाख स्टिम गुलाफ आयात भएको मध्ये ६० प्रतिशत काठमाडौंमा खपत हुने र ४० प्रतिशत पोखरामा खपत हुन्छ । उनले गुणस्तर हेरेर एक स्टिम फूललाई खुद्रा मूल्य ५० देखि एक रुपैयाँ पर्ने बताए ।
गत वर्ष प्रणय दिवसका लागि १ करोड २५ लाख रुपैया मूल्यबराबरको फूल आयात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष २२ प्रतिशतले आयातमा वृद्धि हुने देखिएको छ । हरेक वर्ष १५ प्रतिशतले बजारको माग बढ्दै गएकाले आयात पनि बढ्दै आएको हो ।
FACEBOOK COMMENTS