काठमाडौं, पुस १६ – सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात आजदेखि हुँदैछ । कार्यक्रमको उद्घाटन दशरथ रङ्गशालामा भव्य समारोहका बीच हुँदैछ । पौने ५ घण्टासम्म हुने उद्घाटन समारोहमा नेपालका विभिन्न सांस्कृतिक प्रस्तुतीहरु रहनेछन् ।
भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे औपचारिक शुभारम्भ गर्नेछिन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् ।
४ बजेसम्ममा सबै अतिथिहरुको उपस्थितिलाई सेलिब्रिटीहरुबाट स्वागत गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । त्यस्तै, कार्यक्रम तालिकाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीको सहयोगमा राष्ट्रगान बजाइनेछ ।
राष्ट्रगान लगत्तै बाजासहित रंगशालामा भिजिट नेपाल २०२० को मानव साङ्लो बनाइनेछ ।४ बजेसम्ममा सबै अतिथिहरुको उपस्थितिलाई सेलिब्रिटीहरुबाट स्वागत गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । त्यस्तै, कार्यक्रम तालिकाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीको सहयोगमा राष्ट्रगान बजाइनेछ ।
राष्ट्रगान लगत्तै बाजासहित रंगशालामा भिजिट नेपाल २०२० को मानव साङ्लो बनाइनेछ ।त्यसैगरी कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घ(संस्थाले परेड गर्नेछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । पौने ६ बजेतिर भ्रमण वर्षको ‘यति मस्कट’को लन्च सँगै विभिन्न साँस्कृतिक कार्यक्रम पौने ८ बजे सम्म चल्ने तालिकामा उल्लेख छ ।
आजै भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । भ्रमण वर्ष सचिवालयका अनुसार काठमाडौंमा दशरथ रंगशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ सुरु हुन लागेको नेपाल भ्रमण वर्षमा सहभागिता जनाउन धेरै देशका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन् ।
उद्घाटन समारोहमा भारत, चीन, बङ्गलादेश, युरोपलगायत देशका ४० भन्दा बढी सञ्चारमाध्यमका सञ्चारकर्मीको पनि सहभागिता रहनेछ ।
FACEBOOK COMMENTS