काठमाडौं, पुस १७ – नेपाल भ्रमण वर्ष २०२०को औपचारिक उद्घाटन बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा भव्य समारोहबीच गरेकी छिन् ।
सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अवको १० वर्षलाई पर्यटन अभियानको रुपमा अगाडी बढाउने आधार वर्षको रुपमा वर्ष २०२० लाई लिएको छ ।
नेपाल भ्रमण वर्ष शुभारम्भ भएको अवसरमा देशभर पर्यटकहरुलाई स्वागत, र्याली, सभा समारोहहरु आयोजना गरिका थिए ।
राष्ट्रपति भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्दै पर्यटन वर्ष सफल बनाउन सबैले सहकार्य र सहयोग गर्नु पर्ने बताइन्।उनले भनिन् ‘ हाम्रो पर्यटकीय गन्तव्यका लागि प्रतिस्पर्धा र योजनाबद्ध तरिकाले पर्यटनको विकास गर्न सकिएन भने चुनौती बन्नेछ। त्यसकारण सबै मिलेर हाम्रो देशमा भएको प्रकृति र कला सांस्कृतिलाई जगेर्ना गर्दै पर्यटन र पर्यावरणको विकास गरौ। एकता कायम गरौ। ‘
त्यस्तै शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समृद्ध नेपाल शुखि नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए ।
उनले नेपाल संसारकै एक अद्धितिय प्राकृतिक सम्पदा भएको मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरे ।
उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीस, उपराष्ट्रपति, सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरु, विभिन्न देशका पर्यटनमन्त्रीहरु, विदेशी नियोगका प्रमुख एवं प्रतिनिधि, निजी क्षेत्रका अगुवाहरु, विदेशी पत्रकारहलगायतको सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS