काठमाडौं, मंसिर ७- सरकारले नेपाल भ्रमण वर्ष २०२० को सचिवालय सदस्य सचिवमा पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।
श्रेष्ठलाई शुक्रबार बसेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय बैंठकबाट सदस्य सचिवमा नियुक्त गरिएको हो ।
शुक्रबार नै पदभार ग्रहण गरेका श्रेष्ठले सचिवालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै भ्रमण वर्षको सफलताका लागि पर्यटनका सबै क्षेत्रसंग सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताए ।
उनले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका रहेको नेपालको पर्यटन उद्योगको विकास, प्रवद्र्धन र विस्तारले उद्योगका अन्य क्षेत्रलाईसमेत समेट्ने भएकोले यसमा सबैको सहकार्य हुनुपर्नेमा जोड दिए ।
उनले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सबै नेपालीहरुको महाअभियान भएकाले यसको सफलताका लागि सबै लागि पर्नका लागिसमेत अनुरोध गरे।
सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका वार्ड नम्बर ६ का श्रेष्ठ विगत दुई दशकभन्दा बढीसमयदेखि निरन्तर पर्यटन व्यवसायमा संलग्न रहेका छन् । उनले यसअघि टेकिङ्ग एजेन्सी एसोशिएसन अफ नेपाल (टान) मा द्धितिय र प्रथम उपाध्यक्ष गरी दुई कार्यकाल काम गरिसकेका छन् ।
FACEBOOK COMMENTS