काठमाण्डौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुख्य कारक राजनीतिक दल भएको निष्कर्ष निकालेको छ।
सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार र घुस लेनदेनको मुख्य जिम्मेवार पक्ष दल र तिनका कार्यकर्ता भएको आयोगको अध्ययनमा पाइएको छ।
अध्ययन अनुसार भ्रष्टाचारका घटनामध्ये २५.५ प्रतिशतमा राजनीतिक दल र कार्यकर्ता जिम्मेवार छन्।
१७.२ प्रतिशत भ्रष्टाचारमा भने मध्यस्थकर्ता, ठेकेदार र प्राविधिक जिम्मेवार छन्।
त्यस्तै सबैभन्दा बढी भ्रष्टाचार हुने कार्यालय मालपोत, भूमिसुधार तथा नापी हुन्।
यी कार्यालयमा हुने काममध्ये ६५.५ प्रतिशतमा भ्रष्टाचार हुने पाइएको छ।
यसैबीच अख्तियारले पछिल्लो दिनमा स्टिङ अपरेसनलाई तीव्रता दिएको छ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४१ वटा स्टिङ अपरेसन गरिएको छ।
झुठा शैक्षिक योग्यता प्रयोग गरेर जागिर खाइरहेका ३० जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।
त्यस्तै, सरकारी रकम हिनामिना, अकूत सम्पत्ति र राजस्व हिनामिना १र१ र अन्य ७ वटा मुद्दा दायर भएको छ।
– अन्नपुर्ण
FACEBOOK COMMENTS