काठमाडौं । राष्ट्र बैंकले अनधिकृत रुपमा राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने-गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही हुने जानकारी गराएको छ ।
राष्ट्र बैंकको हालसम्म कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र कुनै प्रकारको सूचना जानकारी तथा आव्हन फेसबुक पेज मार्फत नगरेको जनाएको छ । अनधिकृत रुपमा राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसरी राष्ट्र बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्नो कुनैपनि सूचना प्रबिष्ट नगर्नु फेसबुक प्रयोगकर्ताहरुमा राष्ट्र बैंकले आग्रह गरेको छ । यस्ता भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न समेत सबैलाई आग्रह गरेको छ ।
FACEBOOK COMMENTS