काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ९१३ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोराना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार १२ हजार २०४ जनाको पिसिआर र ४ हजार ७०९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ७०३ जना र एन्टीजेटमार्फत ८१९ जना संक्रमित पुष्टि भएका हुन्।
यो तथ्यांक धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षणहरु एकमुष्ट रुपमा प्राप्त भएकाले प्रतिवेदनमा एकमुष्ट विवरण समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ८१३ जना संक्रमितको मृत्यु भएको छ।
FACEBOOK COMMENTS