काठमाडौं, भदौ ३० – मकवानपुरका ६८ वर्षीय वृद्धको मृत्यु भएपछि मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
दम र मुटु रोगले ग्रसित मनहरी गाउँपालिका– ८ सिमपानीका वृद्धको सोमबार मृत्यु भएको हो ।
दुई दिनदेखि बिरामी परेका वृद्धको घरमा मृत्यु भएको हेटौँडा– ४ कर्रास्थित आइसोलेसनका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए । अकस्मात सोमबार बिहान घरमै ढलेका उनको मृत्युपछि स्वाब संकलन गरिएको चौलागाईंले बताए ।
उनको शव आज बिहान नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
FACEBOOK COMMENTS