दिपक पराजुली
हेटौडा, १३ श्रावण-नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको नाममा स्थापना गरिएको पुष्पलाल मित्रता केन्द्र मकवानपुरमा पनि गठन गरिएको छ। पुष्पलाल मित्रता केन्द्रका सचिवालय सदस्य , नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज प्रतिनिधी सभाका सांसद बिरोध खतिवडाको अगुवाई र मदन दाहालको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटि गठन गरिएको हो। समितिको उपाध्यक्षमा तेज प्रसाद रुपाखेती र शृजना थिङ्ग सचिवमा कमान सिंह पाख्रिनका साथै उपसचिवमा इश्वर ढुंगाना र कोषाध्यक्षमा प्रकाश पाण्डे चयन भएका छन्। भेलाको उदघाटन गर्दै सांसद बिरोध खतिवडाले संस्थापक नेता पुष्पलालको योगदानको स्मरण गर्दै नेपालमा कम्युनिष्ट पार्टीको आन्दोलनको बिजापरण पनि उनीबाट नै भएको बताए ।
नीति बनाउनेले नै नेतृत्व गर्न नसक्दा थप समस्या भएको भन्दै उनले यो संस्था पार्टी र सरकारको संस्था नभएको बताए। यो संस्थाले बैचारिक बहस चलाउने उनको भनाइ थियो। सांसद खतिवडाले पुष्पलाल मिलन केन्द्र कोरोनाको कारण अहिले करिब २० जिल्लामा मात्र गठन भएपनि अभियानको रुपमा अबको ३ महिना भित्र ७७ जिल्लामा नै बिस्तार गरिने बताए। पार्टीको साथ पाएर नै सरकारले काम गर्न सकेको बताउदै उनले अहिलेको समय राष्ट्रवादी र राष्ट्रघाती भन्ने समय नभएको बताए ।
नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेश सभा सदस्य मुनु सिग्देलले पार्टीलाइ समाजवादमा कसरी पुर्याउन सकिन्छ भन्ने बुझ्न जरुरी रहेको बताइन भने पार्टी सचिव तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए।राम कुमार एलनको अध्यक्षतामा भएको कार्यक्रममा पुष्पलाल मित्रता केन्द्र रौतहटका अध्यक्ष लक्ष्मण रेग्मी लगायत जिल्ला समन्वय समिति मकवानपुरका उपाध्यक्ष भगवती पुडासैनी , हेटौडा उपमहानगरपालिका उपप्रमुख मीना लामा ,नेकपाका नेता श्रीधर पोखरेल संविधान सभा सदस्य राजाराम स्याङ्ताङ्ग लगायतको उपस्थिति रहेको थियो।
FACEBOOK COMMENTS