काठमाडौं । काठमाडौंको मखन टोलमा लागेको आगो नियन्त्रणमा आएको छ।
दमकल र सुरक्षाकर्मीको प्रयासले आगो नियन्त्रणमा आएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी भएको थियो ।
आगालागीमा परी मृत्यु भएकी महिलाको पहिचान खुलेको छैन । उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रहरीले जनाएको छ ।
सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो ।
FACEBOOK COMMENTS