काठमाण्डौँ — मदन भण्डारी बैकल्पिक लोकमार्ग’को कालोपत्रे काम धमाधम भईरहेको छ।
उदयपुरका ८ वटै स्थानीय तह जोडिएको निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा जोड्ने लोकमार्गको काम भईरहेको हो।
सुरुमा सदरमुकाम गाईघाट आसपासमा थालिएको कालोपत्रे एक महिनामा ७ किलोमिटर सकिएको छ।
गाईघाट–चुहाडे खण्डमा बाँकी १ किलोमिटर आउँदो साताभित्र सकेपछि गाईघाटदेखि पूर्वतर्फको खण्डमा कालोपत्रे गर्ने तयारी भईरहेको छ।
बैकल्पिक लोकमार्ग बनेपछि गाईघाट–धरान ७३ र कटारी पुग्न ५० किलोमिटर पार गरे पुग्नेछ ।
— नागरीक
FACEBOOK COMMENTS