माधव पौडेल तनहूँ, २५ श्रावण- व्यास नगरपालिका ११ मा अवैध रुपमा संचालन पश्चात हाललाई रोकिएको पशुपति क्यारी प्रा. लि. नामक ढुंगा खानीबाट व्यास नगरपालिका वडा नं ११ गिदेरीपानीका ५ घरपरिवार विस्थापित भएका छन् ।
उक्त परिवारसग भेटघाट गर्न तथा उक्त क्षेत्रको अवलोकन गर्न गण्डकी प्रदेशका संसद रामबहादुर गुरुङ र तनहु जिल्लाका प्रमुख जिल्ला अधिकारी सागर आचार्य पुगेका थिए । उक्त अवसरमा स्थानीय तथा पशुपति क्वारीबाट पिडितहरुले सिमेन्ट कारखानामा ढुंगा बेच्न संचालित उक्त उद्योगले रातिको समयमा ब्लाष्ट गर्दा घर टहरा थर्कने गरेको र यसै महिना परेको बर्षा पश्चात जमिन भासिएर बिस्थापित हुनु परेको पिडा सुनाएका थिए ।
उक्त अवसरमा उक्त उद्योगभन्दा माथिल्लो भागमा रहेका क्षतिग्रस्त घर, टहरा र भासिएको, चिरा परेको जमिनको संसद तथा प्रमुख जिल्ला अधिकारीले अवलोकन गर्दै जुनसुकै बेला पनि उक्त जमिन भासिएर ठुलो दुर्घटना हुन सक्ने भएकोले उक्त क्षेत्रमा हिडडुल नगर्न आग्रह गरेका छन्। साथै उक्त टोलीले ढुंगा खानीले क्षति पुर्याएको खेतको पनि अवलोकन गरेको थियो । उक्त अवसरमा प्रदेश सांसद गुरुङले अवैधानिक रुपमा संचालन गरि बन्द गरिएको उद्योगले जनताको उठिबास लगाएको देख्दा सारै पिडा
भएको र यस बारेमा सत्य तथ्य बुझेर कारवाहीको प्रकृया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारी लाई निर्देशन दिए ।शुरुवातको चरणमा व्यक्तिगत जग्गामा खानी संचालनको लागि स्विकृति लिएर संचालन गरेको उक्त उद्योगले सार्वजनिक जग्गा हडप्न थालेपछि विवादमा आएको थियो । हाल गिलेरीपानीका ५ घर नै क्षतिग्रस्त भै मानिसहरू विस्थापित भएपछि उक्त स्थान वरपरका वासिन्दाहरु पनि आतंकित भएका छन् ।
व्यास ११ कै अर्को स्थानमा कार्यालय स्थापना गरि कारखानाको स्विकृति र सार्वजनिक जग्गा जमिन हकभोगका लागि लिन घरेलु कार्यालयबाट सिफारिस लिएपछि उक्तस्थानका बासिन्दाहरु त्रशित हुदै अवलोकनका लागि स्थानीय निकायका पदाधिकारी, प्रदेश तथा संघका जनप्रतिनिधिहरुलाई गुहार्न पुगेका छन् । मदन सरावगीको नाममा तत्कालीन घासिकुवा गाविसमा दर्ता भएको उक्त कम्पनिका संचालकको स्थानिय व्यक्तिहरुले उपलव्ध गराएको नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
FACEBOOK COMMENTS