काठमाडौं, वैशाख १३ – मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले वैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि साधारण शेयर (आईपीओ) विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि कुल ६० लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।
कुल कित्तामध्ये साविक लिस्ती गाविस र मार्मिङ गाविसका वडा नं. १ र ५ , बाहृबीसे नगरपालिकाको वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाहृबीसे नगरपालिका– ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्वरा गाविस) का वासिन्दाका लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता र माथि उल्लेखित स्थानीयबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानीयका लागि ७० प्रतिशतका दरले ४२ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।
स्थानीय बासिन्दाका लागि छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म यो शेयर विक्रीमा रहनेछ । शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितमा विक्री गरेपछि दोस्रो चरणमा १५ प्रतिशत बराबरको रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।
FACEBOOK COMMENTS